अन्तर्राष्ट्रिय

अल्जेरियामा हेलिकोप्टर दुर्घटनाः ३ जना सैनिकको मृत्यु

२५ माघ, अल्जियर्स । अल्जेरियन वायुसेनाको हेलिकोप्टर बुधबार राति मध्य एल मेनिया प्रान्तमा दुर्घटना हुँदा त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

सेनाको विज्ञप्तिमा जनाइए अनुसार एमआई–१७१ हेलिकप्टर एल मेनिया विमानस्थल नजिकै नजिकै राति प्रशिक्षण सञ्चालनको क्रममा दुर्घटना भएको थियो । अल्जेरियाका सेना प्रमुख सेड चेन्ग्रिहाले दुर्घटनाको छानबिन अगाडि बढेको जानकारी दिएका छन् ।