समाचार

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

विराटनगरस्थित बरगाछी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६प२८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनी उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको ले जनाएको छ ।

दुर्घटनापछि केहीबेर अवरुद्ध कोशी लोकमार्ग अहीले प्रहरीले खुलाएका छन् । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ