खेलकुद

नेपाल र क्यानडा बिच आज अन्तीम खेल

२९ माघ, काठमाडौँ । एक दिवसीय सिरिज खेलमा नेपाल र क्यानडाको आज तेसौँ अर्थात् अन्तीम खेल हुँदै छ । खेल बिहान ९ बजेर १५ मिनेटमा टियु ग्राउन्डमा हुने छ । उक्त खेलमा नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा छ भने, क्यानडा पहिलो जितको खोजीमा रहनेछ ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले खेल हात पारेको थियो।

आज हुने अनतीम खेल एकदमै रोमाञ्चक हुने विश्वास लिईएको छ । दोस्रो खेलमा कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखिएपछि आकाश चन्द र सूर्य तामाङले अवसर पाएका थिए ।

उक्त खेल समापत हुने वित्तीकै टी–२० श्रृङ्खला हुनेछ । यो खेल १५ देखि २२ सम्म चल्नेछ । नेपालले फागुन १५ र १८ मा नमिबिया तथा १६ र १९ मा नेदरल्याण्ड्ससँग प्रतिशप्रधा गर्नै छ ।