समाचार

काँग्रेसले महासमिति बैठकका लागि यस्तो गर्यो अहिलेसम्मकाे तयारी

२ फागुन, काठमाडौं । नेपाली काँग्रेसले ‘‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता !!!” भन्ने मूल नारा सहित नेपाली कांग्रेसको महासमिति बैठक यही फागुन ७ देखि १० गतेसम्म लालितपुरको गोदावरीमा सम्पन्न हुदैछ । भनेको छ ।

काँग्रसले भनेको छ, ‘हरेक महाधिवेशनको मुख्य कार्य भनेको पार्टीको विधान, नीति पारित गर्नु र नेतृत्व चयन गर्नु हो । हाम्रो पार्टीको चौधौ महाधिवेशनमा विधान पारित गरि नेतृत्व पनि चयन गरियो । तत्कालिन अवस्थामा समयाभावका कारण नीति प्रस्तावमा छलफल भएन । नीतिगत प्रस्तावमा छलफल गर्न छुट्टै नीति अधिवेशन गर्ने र नेतृत्व चयन बाहेक महाधिवेशनले गर्ने सबै कार्य महासमितिले गर्न सक्ने वैधानिक प्रावधान अनुसार यो महासमितिको बैठक आयोजना गरिएको छ ।’

विज्ञप्ती जारी गर्दै भनिएकाे छ, ‘नेपालको पहिलो राजनैतिक दल नेपाली कांग्रेसले तय गरेको आर्थिक सामाजिक तथा राजनीतिक मार्गमा नै आजको नेपालको राजनीति विकसित हुदै आएको छ । विभिन्न कालखण्डमा भए गरेका राजनीतिक क्रान्ति, संघर्ष एवं आन्दोलनबाट नेपाली कांग्रेस पार्टीले आफ्नो आर्थिक, सामाजिक तथा राजनीतिक विचार धारा, दृष्टिकोण, नीति र कार्यक्रमलाई परिमार्जन र परिस्कृत गर्दै आएको छ । २००३ साल देखि २०८० सम्मको यात्रामा आएका हरेक राजनीतिक घटनाक्रम र उतार चडावले पार्टीलाई सबै दृष्टिले क्रमशः समयानुसारको पहिलो र नेतृत्वदायी दलका रुपमा स्थापित गर्दै लगेको छ ।’

प्रचार प्रसार उपसिमित स‌‌याेजक मिन विश्वकर्माले भनेका छन्, ‘जनआकांक्षा अनुरुप भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनहरुमा सबै दललाई एकतृत गर्ने कांग्रेसले संविधान निर्माण र यसको संरक्षण र व्यवहारिक कार्यान्वयनमा पनि सहकार्यलाई उत्तिकै महत्व दिंदै आएको छ । आजको विद्यमान राजनैतिक परिस्थितिमा पनि ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न र त्यसैको जगमा उभिएर जनतामा सूशासन र समृद्धिका अनुभूति दिलाउन दलहरूका बीच नेपाली कांग्रेस सबै संग सहमति र सहकार्यकै बाटोबाट मुलुकका सबै समस्याहरूको निकास खोज्ने र दिगो शान्ति स्थापना गर्दै विकासको यात्रालाई गति दिन प्रयत्नशील रहेको छ ।’

विज्ञप्तीमा भनिएको छ, ‘नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिव ५६ पेजको नीति प्रस्ताव, महामन्त्रीहरूको सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरू माझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासीलो र भरपर्दो गरि काम गर्दछ, भन्ने थप विश्वास दिलाउने छ ।’

नेता बिश्वकर्माले भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले मात्रै होइन हाम्रा मीत्र राष्ट्रहरूले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन तयारीमा जुट्नुहुने पार्टीका सबै तहका आदरणीय नेताहरू, कार्यालयका कर्मचारीहरू र प्राविधिक साथीहरुप्रति आभार र धन्यवाद व्यक्त गर्दै आज सम्म भएका तयारीहरू संचारकर्मी पत्रकार साथीहरू मार्फत सबैमा जानकारी गराउँदछौ ।’
काँग्रेले भनेको छ,

(१) महासमितिको बैठक यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न हुदैछ ।

(२) महासमिति बैठकको नाराः राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ।
स्वतन्त्रता, न्याय र समानता ।।
नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ।।।

(३) महासमितिको बैठक तयारी सम्बन्धमा गठन गरिएका समिति तथा उपसमितिहरू
३.१ पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडांै, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरु समेत रहने गरि मूल आयोजक समिति गठन ।
(ख) महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन । उक्त समितिमा केन्द्रीय पदाधिकारीहरु र पार्टी प्रवक्ता रहनु भएको छ ।
(ग) महासमितिको बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नु हुनेछ ।
(घ) महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन देहाय बमोजिमका उपसमितिहरु गठन भई संयोजकहरु तोकिनु भएको छ ।
१. प्रचार प्रसार उपसमितिः श्री मीनबहादुर विश्वकर्मा
२. आवास समन्वय उपसमितिः श्री मदनबहादुर अमात्य
३. भोजन व्यवस्थापन उपसमितिः श्री उदय शम्शेर राणा
४. स्वयंसेवक परिचालन उपसमितिः श्री जीतजंग वस्नेत
५. स्वास्थ्य समन्वय उपसमितिः श्री उर्मिला नेपाल के.सी.
६. यातायात व्यवस्थापन उपसमितिः श्री धना खतिवडा
७. आर्थिक उपसमिति श्री अनिलकुमार रुंगटा
८. प्रदेश समन्वय उपसमितिः श्री ईन्द्रबहादुर वानियाँ
९. स्थानीय व्यवस्थापन उपसमितिः श्री जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)

(४) मञ्च सजावटः
मञ्च व्यानर, ( )
साइड व्यानर, (बायाँ झण्डा अंकित र दायाँ रूख अंकित)
स्वागत मूल व्यानर (बायाँ बी.पी. र दायाँ सभापतिको तस्विर अंकित)
(५) सार्वजनिक स्थलमा राखिने झण्डा, स्वागत व्यानर र गेटः
झण्डाः उपत्यकाको सडकका दायाँ बायाँ, रिङरोड र विशेष गरि सातदोबाटो देखि कार्यक्रम स्थल सम्म ।
स्वागत गेटः (बी.पी. र सभापतिको फोटो राख्ने )
१. काठमाडांैः ८ (नाकढुङगा, कलङकी, गंगवु, महाराजगंज, चावहील,
कोटेश्वर, वल्खू र चोभार आदि)
२. ललितपरः ४ (वालकुमारी, सातदोवाटो, लुभु र गोदावरी, चापागाउँ र
कुपन्डोल आदि )
३. भक्तपुरः ४ (साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडिवुटी )
४. काभ्रेः २ (भकुण्डेवेसी, धुलीखेल, बनेपा )
५. धादिङ २ (गजुरी र नौविसे)
६. नवाकोटः २ (ककनी र जरसिङपौवा)

(६) पोस्टरः ५ ८ ३ (मूल सडकका किनाराका पोलमा राखिने “महासमिति सफल पारौं” भन्ने ल्फेक्सको पोस्टर)

(७) स्टीकरः ४८ गोलो कागजको टाँसिने स्टीकर ३००० (सवारी साधन र विभिन्न स्थानमा लगाइने)

(८) मिडिया सेन्टर स्थापनाः कार्यक्रमस्थलमा ६ देखि १० गते सम्म रहनेछ ।

(९) कार्यक्रमको प्रत्यक्ष प्रसारणः ७ गते उद्घाटन र १० गते समापनको दिन गरिनेछ ।

(१०) समाचार सम्प्रेषणः – (हरेक दिन ३÷३ घण्टामा समाचार र दिनको अन्त्यमा प्रेस
विज्ञप्ती, पर्णकालिन संचारकर्मी ३÷३ जना हरेक दिन जम्मा वाह्र जना)

(११) पत्रकार सम्मेलनः महासमिति बारे १ गते, ३ गते पार्टी कार्यालयमा र ६ गते गोदावरी हलबाट तत्पश्चात हरेक दिन अपरान्ह ४ वजे गोदावरी सम्मेलन केन्द्रमा

(१२) सूचना केन्द्र स्थापनाः महासमिति बैठक सम्बन्धी सबै किसिमका नियामित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधीयुक्त (डिजीटल) एक सूचना केन्द्र स्थापना गर्ने र डिजिटल वोर्डवाट कम्तीमा ३ स्थानमा सूचना दिने ।

(१३) सेल्फी स्थानः महाधिवेशनमा सहभागीहरुले सस्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी पोईन्ट बनाउने ।

(१४) सहभागीलाई दिइने सामग्रीः झोला, डायरी, कलम, महासमितिको लोगो, नीति प्रस्ताव एवं प्रतिवेदनहरु

(१५) यातायातः महासमिति सदस्यहरू बस्ने मुख्य स्थानहरूबाट कार्यक्रम स्थल सम्म जान आउन निःशूल्क बस सेवा संचालन गरिनेछ ।

(१६) खाना तथा आवासः कार्यक्रम आवधिभर विहानको चिया नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रस्थलमै उपलव्ध हुनेछ भने बेलुकाको खाना र आवास सहभागी आफैले व्यवस्था गर्नुपर्नेछ । जसको सहजीकरण केन्द्रीय सदस्य मदन अमात्य संयोजक रहनुभएको आवास उपसमितिले गर्ने छ ।

(१७) विविध कार्यः
फागन ७ गते उद्घाटनको दिन विहान ९ वजे देखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम ।
कार्यक्रम अवधीभर ७ देखि १० गते सम्म स्वास्थ शिवीर रहनेछ ।
सचना, संचार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री विक्रि तथा वितरण केन्द्र राख्ने ।
नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्र्दभिक विषयका पुस्तक विक्रि वितरण कक्ष राख्ने ।
महासमितिको वैठक हल वाहिर विभिन्न चमेनास्थलहरुको व्यवस्था गरिनेछ ।

(१८) प्रचार प्रसारः महासमितिको बैठकलाई थप प्रभावकारी बनाउन प्रचार प्रसारलाई विशेष महत्व दिइएको छ । यसका लागि प्रचार प्रसार उपसमितिले देहाय वमोजिमको जिम्मेवारी वाँडफाँड गरेको छ ।
१. सूचना केन्द्र समन्वयः दिपक प्रसाद कुइकेल, अशोकनाथ योगी
२. पत्रपत्रिकाः किरण गिरी, महेश्वर गौतम
३. रेडियोः गोपाल झा र कमला पाण्डे
४. टिभीः सन्तोष न्यौपाने, रोजी ढकाल
५. न्यू मिडिया (सामाजिक सञ्जाल)ः दिपेन्द्र वान्तवा,
६. मिडिया सेन्टरः सरोज अधिकारी, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत प्रजापति
७. व्यानर झण्डा गेट स्टिकरः विष्णु तिम्सीना, ………….
८. अनलाइनः लिला खनाल, फुलू सुनार
९. फोटोः दिनेश शाह, टेकबहादुर वि.क.
१०. सूचना प्रविधि व्यवस्थापन (रेकर्डिड तथा प्रत्यक्ष प्रसारण समेत)ः
अमृत कार्की, हुकुम वुढा, अशोक शर्मा
११. प्रचार विभागको स्टलः चेतराज रेग्मी, सिताराम राउत
१२. प्रविधि व्यवस्थापनः हुकूम वुढा र अशोक शर्मा