समाचार

क्लासिक टेकले गर्यो, नेपालभरी ३०० कर्मचारीको माग

३ फागुन, काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभरी ३०० जनालाई रोजगारीको आव्हान गरेको छ । कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु जस्तैः सियुजीसिम कार्ड , इन्धन , सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउदै आइरहेको छ ।

आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरु साथै, प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन् । योग्यता पुगेका तथा ईच्छुक उम्मेदवारहरुले
उल्लिखित पदहरुका लागि आवेदनदिनसक्नु हुनेछ ।

कर्मचारी आवश्यकता देहाय बमोजिम रहेको छ ।

प्रदेश नं. १
विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान, चतरा, केरावारी, लेटाब, विराटचोक, बिर्तामोड र दमक

प्रदेश नं. २
बिरगंज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहान

प्रदेश नं. ३ (वाग्मती)
नयाँ वानेश्वर, गैरीधारा, बालाजु, गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार, मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सुर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौडा (हटिया, पदमपोखरी, वस्तीपुर)

प्रदेश नं. ४ (गण्डकी)
पोखरा, लेखनाथ

प्रदेश नं. ५ (लुम्बिनी)
बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयागाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुर