३ फागुन, काठमाडौँ । नेपाल आयल निगमले फेरी ईन्धनको मुल्य बढाएको छ । आज बिहीवार रातिदेखि लागू हुनेगरि निगमल इन्धनको मूल्य बढाएको हो । आज बिहीवार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको बताएको छ ।
लिगमले पेट्रोलमा, डिजेलम र मट्टीतेल क्रमश २ रुपैयाँका दरले मुल्य बढाएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावतनै राखेको छ ।
निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः १६९.५०, १७१ र १७२ तथा डिजेल/मटिटेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ र डिजेलमा रु १.५६ बढेरआएको निगमले जनाएको छ