४ फागुन, काठमाडौँ । मलेसियालाई नेपालले ११६ रनको लक्ष्य दिएको छ । नेपालले एसीसी वुमन्स प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ११६ रनको लक्ष्य दिएको हो ।
पहीलो ब्याटिङी रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको हो ।
त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन । मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन । मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक मलेसियाबीच खेल जारी रहेको छ ।