समाचार

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

४ फागुन, रुकुम । रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ, भने हालसम्म जिल्लामा २६ हजार ७ सय ७ वटा अस्थायी आवास निर्माण भएका छन् । ५ हजार ६ सय ३७ निर्माणाधीन छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ८ सय ९८ वटा अस्थायी आवास निर्माण भएका छन् । त्यस्तै चौरजहारी नगरपालिकामा ५ हजार ५ सय ६३, मुसीकोट नगरपालिकामा ६ सय ६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार ६ सय ७५, त्रिवेणी गाउँपालिकामा ३ हजार २ सय ६४ र बाँफिकोट गाउँपालिकामा २ हजार ६ सय ४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा ३ करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा १४ करोड ३३ लाख, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा ६ करोड ६० लाख २५ हजार लााभग्राहीको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।