४ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठकका लागि प्रस्ताव पास गरेको छ । फागुन ३ र ४ गते सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेकोे बैठक महामन्त्री गथगन कुमार थापा र बिश्व प्रकाश शर्माले पेश गरेका साँगठनीक र राजनीतिक अधि उपसभापति पुर्ण बहादुर खड्का र प्रवक्ता डा प्रकाश शरण महतको प्रस्तावमा छलफल भई पारित भएको छ ।
नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरि प्राप्त सुझावलाई समावेश गरी परिमार्जन सहित महासमितिको बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको छ ।
यसैगरी महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय भएको छ ।
नेपाली कांग्रेस संघीय संसद, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउनका लागि निर्वाचन समिति गठन गर्ने निर्णय पनि काँग्रेस बैठकले गरेको छ ।
निर्वाचन समितिको संयोजकमा सहमहामन्त्री भीष्मराज आङ्दम्बे तथा सदस्यहरुमा केन्द्रीय सदस्य पुष्पा भुसाल
सदस्य र केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही रहेका छन् ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, डा. शेखर कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी, डा. चन्द्रकान्त भण्डारी, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदिप पौडेल, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, डा। डिला संग्रौला, किरण यादव, शिवप्रसाद हुमागाँइ, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, आङ्गेलु शेर्पा, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., डा. रणबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, रंगमती शाही, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, नानु बास्तोला, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, दिनेश कोइराला, सुशील थिङ, सीताकुमारी राना, शान्ति परियार वि.क., भरतकुमार शाह, राधा घले, सीता थपलिया (उर्मिला), लक्ष्मी खतिवडा, सीतादेवी देवकोटा, शारदा पौडेल, प्रदेश सभापतिहरु— कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश) र ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेको काँग्रेसले जनाएको छ ।