समाचार

दूर संचार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

६ फागुन, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रीपरिषद बैठकले भण्डारीलाई नियुक्त गरेको संंचारमन्त्री रेखा शर्माले बताईन् ।
केही अगाडीमात्र अध्यक्ष पुरुसोत्तम खनालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । आजैको मन्त्रीपरिषद बैठकले नेपाल आयल निगममा पनि नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ ।