७ फागुन, काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरू हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।महासमितिमा सहभागी भएका सदस्यहरु मध्यबाट कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन् ।
उक्त महासमिति बैठक आज फागुन ७ गतेबाट सुरु भई १० गतेसम्म चल्नेछ ।