समाचार

वीरगंजमा कर्फ्यू आदेश जारी

७ फागुन, पर्सा । वीरगंजमा कर्फूयू लागेको छ । एक विज्ञप्ति जारी गर्दै सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो ।

सोमबार बेलुका ५ कजे बाट अर्काे अर्काे आदेश नआएको सम्मको लागी कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधीकारी दिनेश सागर भुसाल हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो । उक्त प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।