८ फागुन, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीलाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
हजारौं बचतकर्ताहरुको रकम संकलन गरी फिर्ता माग्दा दिन असमर्थ रहेका मल्लका बिरुद्धमा पीडितहरुले उजुरी गरेका आधारमा आज मल्ल पक्राउ परेका हुन् ।
केहीदिन अगाडीमात्र समस्याग्रस्त सहकारीको रुपमा घोषणा भएको कान्तिपुर सहकारीले ६ अर्बभन्दा बढी रकम उठाएको र उठेको रकम संचालकहरु र उनीहरुका निकटका कामका क्रसर, अस्पताल, स्कुललगायतमा लगानी गरिएको बताईएको छ ।