समाचार

नवलपुरमा मोटरसाइकल दुर्घटना बाट एक जनाको मृत्यु

९ फागुन, नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना बाट एकजनाको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् ।

प्रहरी निरीक्षक साजन शर्माका अनुसार दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदमबहादुर ब्यम्बुको मृत्यु भएको बताए । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरका थिए ।

हुप्सेकोट–३ को बेलहानीस्थित भित्री सडकखण्डमा झ्यालबासबाट गिरबारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

घाइते हिराबहादुर आलेलाई उपचारका लागि भरतपुर लगेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।