समाचार

मोरङमा ट्रक दुर्घटना बाट ३ बालबालीका च्यापिए

११ फागुन, मोरङ । मोरङमा ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार उनीहरुको पहचिान भने खुल्न सकेको छैन् तर उनीहरुको उद्धारको प्रयास जारी रहेको बताएको छ ।

आर.जे. २९ जी.बी. १५६१ नम्बरको मार्बल बनाउने ढुङ्गा बोकेको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले ३ जनालाई किचेको थियो ।