बाग्मती

आचार्य बन्धु समाजः सिंन्धुली-काठमाडौं सम्पर्क समितिको अधिवेशन शनिबार बिहान

११ फागुन, काठमाडौं । आचार्य बन्धु समाज नेपाल सिँधुली–काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशन शनिबार हुने भएको छ ।
सिंन्धुली काठमाडौं सम्पर्क समितिका सभापति अमृत आचार्यले झण्डै एक सयभन्दा बढी सिँधुलीबाट काठमाडौं आई बसोबास गर्नुहुने अग्रज तथा सम्पूर्ण काैण्डिन्य गोत्रीय आचार्य बन्धुहरुलाई अधिवेशनमा निम्ता गरिएको जानकारी दिँदै उक्त निम्ता नपुगेमा सबैलाई सामाजिक सञ्जाललगायतमा राखिएकाने सूचनालाई आधार मानी कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व सभापति हरिहर विरही, डा शुरेस आचार्य, डा माधव आचार्य, डा कृष्ण आचार्य, अर्थविद केशव आचार्यलगायत बिशिष्ट ब्यक्तीत्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ भने कार्यक्रम आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाईएको छ ।
आचार्य बन्धु समाज नेपालले ५० भन्दमा बढी जिल्लमा आफ्नो समिति बिस्तार गरिसकेको तथा दुई दर्जनभन्दा बढी जिल्लाका काठमाडौं सम्पर्क समिति गठन गरिसकेको केन्द्रीय सदस्य एवम् प्रवक्ता रामहरी आचार्यले जानकारी दिए ।
सिनन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम भेला वा अधिवेशन नयाँ बानेश्वर काठमाडौंस्थीत भिएस कलेजमा १२ गते शनिबार बिहान ८ बजेबाट शुरु हुने बताईएको छ । आयोजकले दुई सय भन्दा बढी सिन्धुलीबाट काठमाडौं आई बसोबास गर्ने आचार्यहरुको उपस्थिति रहने दाबी गरेको समिर आचार्यले बताए । अनुप आचार्यले कार्यक्रमलाई भब्य बनाउन सबैलाई गरिमामय उपस्थितिका लागि अनुरोध गरेका छन् ।