आर्थिक

कुमारी क्यापिटलको विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने

१६ फागुन, काठमाडौँ । कुमारी सबल योजनाको प्रति इकाई १० को दरको १० करोड इकाईको १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई र १% ले हुन आउने बिजपूँजी वापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राख्ने छ । बाँकी सार्वजनिक निष्काशन मार्फत ८ करोड ५० लाख इकाई माघ २८ देखि फागुन १३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएको हो ।

१४ प्रतिशत विजपूँजी वापतको १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक कम्पनी र १ प्रतिशत बिजपूँजी वापतको १ लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको छ ।

बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न आज बुधबार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसेको छ ।

जम्मा आवेदन दिने २९ हजार १ सय ६० जना मध्ये रितपुर्वक आवेदन दिने २९ हजार १ सय ३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भयो ।