१९ फागुन, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘ज्वरो आउँदा एउटा नेपालीले सिटामोल खान नपाउने अवस्था छ, तर सिंहदरबार छिर्नेहरु किर्ना र उपियाँजस्तै मोटाउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’ भनेका छन् ।
उनले तानसेन मोहोत्शव उद्घान गर्दै भनेका छन्, ‘म झुपडीमा जन्मेको मान्छे हुँ । पुनः सडकमै र झुपडीमै फर्किन तयार छु । म जस्ता नेता पहिला बदलिन जरुरी छ ।’
उनले मुलुकमा भ्रष्टाचार रहेसम्म कहिल्यै स्थायीत्वको कल्पना गर्न नसकिने बताए । उनले आफुले तलदेखी माथीसम्म भ्रष्टाचार गरेर अकुत समपती कमाउनेहरुको सम्पती छानबिन गर्न सफल हुनेमा बिश्वस्त रहेको बताए ।