राजनीति

गठबन्धन बैठक स्थगीत र एमाले–माओबादीका फरक–फरक बैठकले सरकार ढल्ने संकेत दिएको हो त ?

२१ फागुन, काठमाडौं । नेकपा एमाले र नेकपा माओबादी केन्द्रको सचिवालय छुट्टाछुट्टै बसिरहेका बेला आज बिहान गर्ने भनिएको सत्ता गठबन्धन बैठक स्थगीत भएको छ।
नेपाली काँग्रेसको माहासमिति बैठक पश्चात काँग्रेससँग बिच्किएका नेकपा माओबादी अध्यक्ष पुष्पकमल दहाल काँग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष दाहालको भनाईअनुसार अगाडी बढ्ने बताएपनि बैचैन छन् ।
काँग्रेसको मुख्य सहयोगमा प्रधानमन्त्री टिकेका प्रधानमन्त्री दाहालले माधव कुमार नेपाल र शेरबहादुर देउवालाइ ५ बर्षमा पलैपाले प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने सहमती भएपनि पछिल्ला गतिबिधि हेर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा पुनः पाँच बर्ष नै आफु प्रधानमन्त्री टिकिरहने रणनीतिमा भएको अनुमान लगाउन सकिन्छ ।
राष्ट्रिय सभाको अध्यक्ष कृष्ण प्रसाद सिटौलालाई दिने आन्तरीक सहमती गरेको भनिएपनि पछिल्लो समयमा माओबादी केन्द्रले नै गठबन्धनबाट दाबी नछाड्ने बताईएको छ । आज राष्ट्रिय सभाका साँसदहरुको सपथ रहेको अवस्थामा सत्ता गठबन्धनमा दरार आईरहेको देखिन्छ ।
नेपाल्ी काँग्रेसका सभापति देउवाले काँग्रेसबाट सरकारमा भाग लिएको मन्त्रीहरुसँग आईतबार नै छलफल गरिसकेका छन् । एमाले सचिवालयको बालकोट बैठक र माओबादी केन्द्रको सचिवालयको बैठकपछि नेपाली काँग्रेसले कुटनीतिक ढंगले रणनीति लिने देउवा निकट एक नेताले सुर्यखबरलाई जानकारी दिए । उनले तत्कालै गठबन्धन टुट्ने सम्भावना भने नरहेको दाबी गरे ।
सामाजीक सञ्जालमा भने सरकार ढल्ने सम्भावना बलियो भएको आँकलन सर्बसाधारण तथा बौद्धिक बृतले आँकलन गरेको छ । नयाँ सरकार बनेपनि काँग्रेस– एमाले, एमाले माओबादीलगायत गठबन्धन, काँग्रेस–माओबादी गठबन्धन सरकार बन्ने सम्भावना रहन्छ ।