२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनबाट सहभागी सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्रीपरिषद गठन गर्ने समाचार छ ।
नेकपा एमाले र माओबादी केन्द्रीबीच नयाँ गठबन्धन गरेर अगाडी बढ्ने तय भएको छ । काँग्रेस माहासमिति बैठकदेखी गठबन्धनमा आएको दरार र ओली–दाहालको पछिल्लो समयको हिमचिमले सत्ता गठबन्धन पछिल्लो समयमा संकटमा आएको थियो ।
केहीबेरमा माओबादी–एमालेको सचिवालय बैठकले केही मन्त्रीहरुको नाम दिने र माओबादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको मन्त्रीपरिसद गठन गर्ने बताईएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले आज सरकार ढल्ने बताएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहालसँग छलफल गर्न बालुवाटार पुगेको बताईएको छ । दुई नेताले कस्तो सहमती गर्छन त्यो भने केहीबेरमा हेर्न सकिने छ । अर्कोतिर काँग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाईसकेको छन् । राजनीतिक घटनाक्रमलाई हेर्दा भने देउवा र दाहालको सम्बन्धका कारण गठबन्धन टुट्नै सम्भावना भने ज्याद्यै न्यून रहेको अनुमान लगाउन सकिन्छ ।