फागुन, काठमाडौँ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोड्दै एमालेलगायतका दलहरुसँग नयाँ गठबन्धन गरेपछि तनावमा रहेका देउवा र नेपालको भेटलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।
देउवा पत्नि डा आरजु देउवा र नेता रमेश लेखकलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
हिजोमात्र प्रधानमन्त्री दाहालले नेता नेपालसँग भेट गरेका थिए ।