मौसम

आजको मौसम कस्तो रहला त ?

२९ फागुन, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।

आज मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ भने, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।