२९ फागुन, काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अध्यक्ष दाहालले शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रियसभाको नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम नवनिर्वाचित अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।