१ चैत, काठमाडौँ । कारको ठक्करबाट कुवेतको पापाजोन कम्पनीमा काम गर्ने ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक(५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।
हिजो मंगलवार कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै मृत्यु भएको राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले पुष्टि गरेका छन् ।