समाचार

राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण

३ चैत, जलेश्वर । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोईरालाको सालिक अनावरण गरेका छन् ।

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन् । सालिक अनावरण गदै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता देशका धरोहर हुन् भन्दै उनीहरुप्रति सबैको श्रद्धाभाव हृुनुपर्ने बताए । उनीहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उनीहरुले देखाउनुभएको बाटोमा सधैं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिए ।