समाचार

कोका–कोलाले नेपालको लागि बनायो द लार्जेस्ट मोमो पार्टीको गिनिज वल्ड रेकर्ड

३ चैत, काठमाडौँ । कोका–कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । हिजो शुक्रबार बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको हो ।

कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थियो ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको छ र यसका लागि कोका–कोला सदैब तत्पर रहेको छ । कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भने, “कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ । परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।“

कोका–कोलालाई विश्वव्यापी सबले मन पराउछन् र लामो समयदेखि विभिन्न किसिमका परिकारको स्वादको पूरक बन्ने क्षमताको लागि प्रशंसा गरिन्छ । स्वादिलो खानेकुरादेखि चटकदार स्न्याक्ससम्म, कोका–कोलाले विश्वभरिका मानिसहरुका मनपर्ने व्यञ्जनहरूसँगै आफूलाई एक स्टेपलको रूपमा स्थापित गरेको छ ।