बैंकिङ

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

४ चैत, काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

आज आइतबार एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्झौतापत्र अनुसार शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत शेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौँ मार्फत आइतबार बाटनै प्रारम्भ भएको छ ।