मौसम

आजको मौसम कस्तो रहला त ?

५ चैत, काडामाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अन्य ठाउँमा भने मौसम मुख्यतया सफा छ ।

आज सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ र अन्य बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना र राति देशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।