६ चैत, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार देशका केही भूभागमा वर्षा हुने भएको छ ।
दिउँसो मधेश र कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाकाले बताइको छ । ।
पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।