७ चैत, काठमाडौँ। नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जीतजंगथ बस्नेतले माओबादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश र जनतालाई फुटबलजस्तै ठानेकाने बताएका छन् ।
उनले आज बोल्दै भने, ‘‘सम्माननीय प्रधानमन्त्रीज्यूले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन सुरु गर्नुभएको छ । त्यो घण्टी भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि बजोस् । घण्टी बजाउने क्रममा रालो नचुँडिओस् ।’
नेपाल तरुण दलका पूवर्प अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहेका युवा नेता बस्नेतले रोनाल्डो र मेसी जस्ता बिश्वका टप खेलापीसमेत गोल गर्न चुकेका उदाहरण खेलजगतमा भएजस्तै गठबन्धन फेर्दै हिँड्नजे प्रधानमन्त्री दाहालले आफु राजनीतिक खेलाडी ठानेर काँग्रेसको गठबन्धन छाडेर घण्टी र एमालेपछि लागेपनि उनीलाई राजनीतिक चैन भईरहने सोच्नु गलत भएको संकेत गरेका छन् ।