७ चैत, काठमाडौँ । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक तथा YONO नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका २१ आउटलेनमा विभिन्न सेवामा ५६ प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छ्ुट पाउने कम्पनीले जानाएको छ ।
क्त सम्झौता, बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्रबंधक नृपेश श्रेष्ट तथा बैंकका बरिष्ट प्रतिनिधिको उपस्थितीमा सम्पन्न भएको थियो ।