खेलकुद

फिफा विश्वकप छनोट: आज नेपाल बहराइनसँग खेल्दै

८ चैत, काठामडौँ । आज नेपाल र बहराइन भिड्दै छन् । फिफा विश्वकप २०२६ र एसियन कप फुटबलमा छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग भिड्ने भएको हो ।

खेल बहराइनमा नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ ।

नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो । समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ । समूहमा नेपाल, बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स युएई छन् । नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।