बैंकिङ

सनलाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सनलाइफ क्यापिटल लिमिटेडको २ दिने वित्तिय साक्षरता कार्यक्रम चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा सम्पन्न भएको छ ।

हिजो बुधबार चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराएको कम्पनीले जनाएको छ ।

आज श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौ मा BBA आठौँ सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केद्रित हाजिरी जवाफ प्रतियोगिता “QuickQuizMania-Global Moneyweek2024”  आयोजना गरियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।
सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।