मौसम

आजको मौसम कस्तो रहला त ?

१० चैत, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना तथा कोशी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको बताएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनी रहेको महाशाखाले जाानएको छ ।