मौसम

आजको मौसम कस्तो रहला त

११ चैत, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आइतबार देशका विभिन्न भागमा वर्षको सम्भावन रहेको छ ।

आज आईतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना तथा उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।