समाचार

हिमाली तथा पहाडी जिल्लामा आज होली मनाईंदै

११ चैत, काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हिमाली तथा पहाडी जिल्लाहरुमा हर्सोल्लासपुर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।

फागु पर्व होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।

तराई क्षेत्रमा भने भोली होली मनाइने छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।