बाग्मती

आचार्य बन्धु समाजद्वारा चितवन जिल्लाको कालीका नगर समिति गठन, गोबिन्द आचार्य अध्यक्ष

११ चैत, रत्ननगर, चितवन । आचार्य बन्धु समाज नेपाल चितवनको कालीका नगरपालीका समिति गठन भएको छ । कालिका नगरपालिका वडा नं २ को प्रगतिटोलमा कौडिण्य गोत्रीय आचार्यहरुको एक भेलाले वंशावली निर्माणलगायतका कार्य गर्न सहज हुने उद्देश्यले भेला गरिएको बताईएको छ ।

भेलाले जेष्ठ सदस्य गणेश प्रसाद आचार्यको अध्यक्षतामा छलफल गरी आचार्य बन्धु समाज नेपाल कालीक नगर समिति गठन गरिएको हो । भेलाले गोबिन्द आचार्य सहितको तीन सदस्यीय समिति गठन गरिएको हो । मिनराज आचार्य र दुर्गा प्रसाद आचार्य सदस्यमा चयन भएका हुन् ।
बैठकमा आचार्य बन्धु समाज नेपालका केन्द्रिय प्रवक्ता रामहरी आचार्यको प्रमुख आतिथ्यता तथा आचार्य बन्धु समाज नेपाल चितवनका अध्यक्ष शंकर प्रसाद आचार्यको बिशिष्ठ आतिथ्यतामा ऊक्त भेलाले आवश्यक्ता अनुसार कार्यसमिति थप गर्नेगरी कालीका नगर समिति गठन गरिएको हो ।
चितवन जिल्ला अध्यक्ष शंकर आचार्यले चैत महिनाभित्र चितवनका सबै स्थानीय तहमा आचार्य बन्धु समाज नेपालका स्थानीय समित गठन गरिने बताए ।