मौसम

आजको मौसम कस्तो रहला ?

१२ चैत, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाले देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुासार बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको बाताएको छ । त्यस्तै दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ र चारवटै प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।