राजनीति

भेषराज आचार्यले टिकट पाए इलाम–२को उप–चुनाव जित्ने स्थानीयको तर्क, काँग्रेसले पठायो ७ जनाको नाम

१२ चैत, काठमाडौँ । बैसाख १५ मा सम्पन्न हुन गईरहेको इलामा क्षेत्र नम्बर २ को उपनिर्बाचनका लागि नेपाली काँग्रेसले महासमिति सदस्य भेषराज आचार्यसहित सात जनाको नाम संसदको उम्मेद्वारका लागि केन्द्रमा सिफारिस गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले सिफारिस गरेको नामहरुलाई प्रदेश कार्यसमितिले जस्ताको तस्तै केन्द्रमा पठाएको कोशी प्रदेशका सभापति उद्धब थापाले जानकारी दिए ।
नेकपा एमालेका नेता शुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम क्षेत्र नम्बर २को उपनिर्बाचनका लागि नेकपा एमालेले शुवास नेम्वाङकै छोरालाई उम्मेद्वार बनाईसकेको छ भने माओबादी केन्द्र, रास्वपालगायतले आफ्नो उम्मेद्वार टुंग्याएका छैनन् ।
काँग्रेसले भेषराज आचार्यपछि केशव थापा, डम्वर खड्का, नरेन्द्र कुमाल, रमेश लिंदेन, चन्द्रमाया लिम्बू, चन्द्रकला राईलाई जिल्लाले सिफारिस गरेको थियो । निष्कलंक नेताका रुपमा चिनिने भेषराज आचार्यले टिकट पाएमामात्र इलाममा काँग्रेसले एमालेका नेता नेम्वाङसंग प्रतिष्पर्धा गर्नसक्ने अवस्था श्रृजना हुने स्थानीय २ नम्बर क्षेत्रका कार्यकर्ताहरु बताउँछन् । जिल्लााले एक नम्बरमा भेषराज आचार्यको नाम पठाएपछि केन्द्रले केरमेट नगरी उनकै नाम अनुमोदन गर्नुपर्ने जिल्ला स्तरका नेताहरुको पनि तर्क छ ।