पु.समाचार

आचार्य समाजद्वारा रुकुम–जाँजरकोट भूकम्पपीडितका लागि रकम सहयोग जम्मा

२२ चैत, काठमाडौं । आचार्य बन्धु समाज नेपालले रुकुम–जाँजरकोट भूकम्प पीडितको सहयोगार्थ २० हजार रकम सहयोग गरेको छ ।
आज केन्द्रीय सदस्य भूमिराज आचार्यले प्रधानमन्त्री राहतकोषको नयाँ बानेश्वरस्थीत एभ्रेष्ट बैंकमा रहेको खातामा रकम जम्मा गरी उक्त रकम समाजमार्फत सहयोग गरेको हो ।
समाजले जाँजरकोटका समाजसेवी मुक्ती आचार्यमार्फत लत्ता–कपडाहरु सहयोग पठाईसकेको भएपनि रकम भने आज प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
सहयोग रकम समाजका सदस्यहरुबाट संकलन गरिएको रकम भएको प्रवक्ता रामहरी आचार्यले जानकारी दिए ।