बाग्मती

‘सगरमाथा’को नेपाली नामलाई नै अंग्रेजीमा SAGARMATHA लेखी सरकारी नाम बनाउनुपर्ने बाबुराम आचार्य प्रतिष्ठानको माग

२ बैसाख, काठमाडौं । इतिहाशसिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. त्रिरन्न मानन्धर सरकार तथा सबै सरोकारवाला निकायले सगरमाथाको नामलाई अंग्रेजीमा पनि ‘सगरमाथा’को नेपाली नामलाई नै अंग्रेजीमा SAGARMATHA लेखी सरकारी नाम बनाउनुपर्ने बाबुराम आचार्य प्रतिष्ठानको माग नै लेख्नु तथा भननुपर्ने विचार ब्यक्त गरेका छन् ।
आज काठमाडौंमा आयोजित मिडिया सम्पादक तथा सिनियर पत्रकारहरुसँगको अन्तरकृयामा बोल्दै पुर्व उपकुलपतिसमेत रहेका प्रा.डा. मानन्धरले उक्त कुरा बताएका हुन् ।
उनले सगरमाथाको पवित्र नेपाली नामलाई Mount Everest राखिएकोमा आपत्ती जनाउँदै सरकारी, गैरसरकार, प्राईभेट सबै क्षेत्रले स्पष्टसँग नेपाली नाम SAGARMATHA नै अंगेजीमा लेख्नुपर्ने बताएका छन् । उनले अन्नपूर्णको नाम ANNAPURNA नै भएको दृष्टान्त हामीकोमा भएको भन्दै सगरमाथाको नामांकरण हुनेभएमा पृथ्वीनारायण शाहको नाम Earth नारायण हुनुपर्ने भन्दै MOUNT EVEREST भन्ने र लेख्नेहरुप्रति आक्रोश पोखेका थिए ।
अध्यक्ष मानन्धरले सगरमाथा नामांकरण इतिहाशसिरोमणि बाबुराम आचार्यले गरेको उल्लेख गर्दै माउण्ट एभ्रेष्टको नामाङ्करण कसरी भएको भन्दै बिस्तृत जानकारी दिएका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रा डा सुरेन्द्र केसी, इतिहाश शिरोमणि बाबुराम आचार्यकी नातिनीहरु प्रतिष्ठानकी कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, सदस्य निर्जला आचार्य, नेपाल आयल निगमका पुर्व महाप्रबन्धक एवम् नाती जयराज आचार्य, नातिनीतर्फका पनातिनीहरु स्तुति शर्मा, तपस्या बुढाथतोकी, उपासना बुढाथोकी, सर्भेष खनालको उपस्थिति रहेको थियो । मेन स्ट्रिम मिडियाका सम्पादक तथा सिनियर पत्रकारहरुको उपस्तिमा सम्पन्न अन्तरकृया कार्यक्रम संचालन प्रतिष्ठानका महासचिव एबम् कार्यक्रम संयोजक बाबुराम आचार्यले गरेका थिए ।