राजनीति

प्रेसलाई कुनैपनि वहानामा कुण्ठित गर्ने कार्य स्वीकार्य छैनः बरिष्ठ नेता डा कोईराला

२१ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले प्रेसलाई कुनैपनि वहानामा कुण्ठित गर्ने कार्य स्वीकार्य छैन भनेका छन् ।
आज प्रश स्वतन्त्र दिवसको अवशरमा शुभकामना दिँदै डा कोईरालाले जनतालाई सुसूचित गर्दै सत्तालाई जवाफदेही बनाउने र लोकतन्त्रको रक्षामा महत्वपूर्ण भूमिका खेल्ने प्रेसलाई कुनैपनि वहानामा कुण्ठित गर्ने कार्य स्वीकार्य छैन भनेका हुन् ।
उनले सामाजिक संजालमा लेख्दै प्रेस स्वतन्त्रताको आवरणमा प्रस्तुत गरिने फेक समाचारलाई भने आत्मसात गर्न सकिन्न पनि भनेका छन् ।

जनतालाई सुसूचित गर्दै सत्तालाई जवाफदेही बनाउने र लोकतन्त्रको रक्षामा महत्वपूर्ण भूमिका खेल्ने प्रेसलाई कुनैपनि वहानामा कुण्ठित गर्ने कार्य स्वीकार्य छैन । तर प्रेस स्वतन्त्रताको आवरणमा प्रस्तुत गरिने फेक समाचारलाई भने आत्मसात गर्न सकिन्न।
विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ।