२३ वैशाख, चितवन । आचार्य बन्धु समाज नेपाल राप्ती नगरपालीका, चितवनको अध्यक्ष सभापतिमा प्रतिभा पाण्डे आचार्य चयन भएकी छन् ।
आज बसेको राप्ती नगरपालीकाका आचार्यहरुबीचको तदर्थ समिति गठन गर्ने भेलाले उपाध्यक्षमा इन्दिरा आचार्य, सचिवमा श्रृजना आचार्य, सहसचिवमा लक्ष्मी आचार्य, कोषाध्यक्षमा कौशल्या आचार्य र सदस्यहरुमा यसोदा आचार्य, कुशुम आचार्य, कमला आचार्य, सरस्वती आचार्य(राई)लाई सर्बसम्मत रुपमा चयन गरेको छ ।
आज चयन भएको ९ सदस्यीय समितिको सल्लाहकार संयोजकमा वासुदेव आचार्य चयन भएका छन् । समाजका चितवन जिल्ला अध्यक्ष शंकर प्रसाद आचार्यको पहल तथा प्रमुख आतिथ्यतामा आचार्य समाज राप्ती नगरसमिति गठन भएको हो । आजको भेलाले पदाधिकारी तथा सदस्यहरु सबैमा कौडिनय गोत्रीय आचार्यका छोरी तथा बुहारीलाईमात्र समेटेर राप्ती नगरस्तरीय समिति गठन गरेको छ । चितवनका ७ वटा स्थानीय तहमधये भरतपुर महानगरसहित ६ वटा गठन भईसकेको र एकमा छिट्टै गठन गर्ने तयारी भएको चितवन अध्यक्ष शंकर आचार्यले जानकारी दिए ।