समाचार

काठमाडौंमा आचार्य समाजका ६ केन्द्रीय समिति भए एकीकृत, बाबुराम आचार्य बने सर्बसम्मत अध्यक्ष

२९ बैसाख, काठमाडौं । आज देशभर रहेका ६ वटा कौडिन्य गोत्रीय आचार्य एकीकृत भएका छन् । आज बसेको आचार्य बन्धु समाज नेपाल, अध्यक्ष, बाबुराम आचार्य, काठमाडौं, कौडिन्य गोत्रीय आचार्य समाज, अध्यक्ष, नारायण प्रसाद आचार्य, सुनसरी, आचार्य सेवा समाज कौगो, अध्यक्ष, बलराम आचार्य, कास्की, आचार्य बन्धु सेवा समाज, अध्यक्ष, ज्यो. दिनेश आचार्य, झापा, आचार्य कल्याण समाज, मोरङ, अध्यक्ष, पदम प्रसाद आचार्य, बिराटनगर, आचार्य बन्धु सर्बब्यापी समाज, अध्यक्ष, हिरालाल आचार्य, काभ्रे गरी ६ वटा समाजहरुको काठमाडौंमा बसेको अध्यक्ष, महासचिवलगायतका महत्वपूर्ण बिभिन्न जिल्लामा छरिएर रहनुभएका कौडिन्य गोत्रीय आचार्यहरुलाई समेटेर बंशावली निर्माण गर्नेलगायतका कार्य गर्ने उद्येश्य राखी बिभिन्न जिल्लामा आचार्य बन्धुहरुको समाजलाई एकीकृत गरी अगाडी बढाउने निर्णय भएको छ ।
आजको भेलामा आचार्य सेवा समाज(कौगो). नेपाल कास्कीका निबर्तमान अध्यक्ष टेकनाथ आचार्य, कोषाध्यक्ष बसन्तराज आचार्य, सँस्थापक महासचिव नारायण आचार्य, आचार्य बन्धु समाज नेपालमा उपाध्यक्ष वीरभद्र आचार्य, आचार्य बन्धु समाज नेपालका महासचिव शुभनराज आचार्य, क्यालेण्डर प्रकाशन समितिका सदस्य माधव प्रसाद आचार्य, आचार्य बन्धु समाज नेपालका बागमती प्रदेश अध्यक्ष जयराज आचार्य, कर्णाली प्रदेश अधयक्ष गोरख आचार्य, कौडिन्य गोत्रीय महासमाजका महासचिव मातृका प्रसाद आचार्य, कौडिन्य गोत्रीय आचार्य समाजका पूर्व कोषाध्यक्ष तुलसी आचार्य, आचार्य बन्धु सेवा समाजका सल्लाहकार गजेन्द्र आचार्य, आचार्य बन्धु सेवा समाजका कार्यसमिति सदस्य रोहीत आचार्य, आचार्य कल्याण समाजका अध्यक्ष पदम प्रसाद आचार्य, आचार्य कल्याण समाजका उपाध्यक्ष जयधर्म आचार्य, आचार्य बन्धु समाज नेपालका पूर्व केन्द्रीय सदस्य शम्भूराज आचार्य, वंशावली संकलक धर्मराज आचार्यलगायतका जिम्मेवारीप्राप्त आचार्यहरुको उपस्तिमा समाज एकीकृत गरिएको हो ।
समाज एकीकृत गरेपछि सबै समाजकोलागि पायक पर्नेगरी देशको राजधानी काठमाडौंमा नेै केन्द्रीय कार्यालय राख्नेसमेत निर्णय भएको छ । नयाँ समाजको नाम भने नयाँ बनेको तदर्थ केन्द्रीय समितिले आएका नामहरुमा छलफल गरी टुंग्याउने निर्णय भएको छ ।
समाजको तदर्थ रुपको केन्द्रीय कार्यसमितको संयोजकमा बाबुराम आचार्य सर्बसम्मत चयन भएका छन् भने नारायण प्रसाद आचार्य, बलराम आचार्य, पदम प्रसाद आचार्य, ज्यो. पं. दिनेश आचार्य, हिरालाल आचार्य सदस्य चुनिएका छन् । यसैगरी सदस्यसचिवमा अधिवक्ता शम्भूराज आचार्यलाई चयन गरिएको छ ।
यसैगरी नयाँ बनेको तदर्थ कार्यसमितिको पहिलो बैठकले अधिवक्ता एबम् आचार्य बन्धु समाज नेपालका पुर्व उपाध्यक्ष मोहनलाल आचार्यको संयोजकत्वमा अधिवक्ता नारायन आचार्य र रोहित आचार्य सदस्य रहेको बिधान मस्यौदा समितिसमेत निर्माण गरेको छ । बंशावली संकलक संयोजकका रुपमा धर्मराज आचार्यलाई चयनसमेत गरेको छ ।
सबकै समाजका अध्यक्ष महासचिवलगायतका प्रतिनिधिहरु आजकै बैठकका लागि जिल्ला जिल्लाबाट आएका र बैठक सफल भएकोमा ज्यादै खुशी लागेको कौडिन्य गोत्रीय आचार्य समाज इटहरीका महासचिव मातृका प्रसाद आचार्यले बताए । नविनिर्बाचित अध्यक्ष बाबुराम आचार्यले सहमती भएपनि अन्तिम कानूनी रुप दिन बाँकी रहेको हुँदा सबै समाजका अध्यक्ष ज्युहरुरहेको समिति बनाईएको र उक्त समितिका सदस्यहरुसँग गहन छलफल गरेर अगाडी बढीने र १० बर्षदेखी थालिएको कार्य सम्पन्न भएकोमा खुशी लागेको जानकारी दिए । ब्राम्हणमा आचार्यहरु आफुलाई सबैभन्दा बढी संख्या भएको थर भएको दाबी गर्ने गरेका छन् ।

सर्बसम्मत रुपमा ६ वटा समाजबाछ छानिएका संयोजक बाबुराम आचार्यले सम्बोधन गर्दा यसो भनेका थिए ‘‘देशभर बिभिन्न रुपमा गठीत आचार्य समाजका केन्द्रीय कार्यसमितिहरुलाई एकीकरण गर्दै एउटै छातामुनी रही समाजको उद्येश्य पुरा गर्ने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको ब्यहोरा सर्बबिदितै छ । अब आचार्य थरका नाममा गठन भएका बिभिन्न समाजहरुले एकीकरण गरेर अगाडी नबढी हुन्न भन्ने बिभिन्न जिल्लामा भएका काैडिन्य गाेत्रीय आचार्य समाजका बैठकहरुको निर्णय र निष्कर्षबाट अभिप्रेरित भई आजको यो कार्य्रकम आयोजना गरिएको हो । यस अवसरमा सहभागी आदरणीय बन्धुहरुबाट प्राप्त हुने सल्लाह तथा सुझावहरुलाई सहर्ष ग्रहण गर्दै भविष्यमा अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछौं । यस आचार्य बन्धु समाज नेपाललाई प्रचलित नेपाल कानून बमोजीम भबिष्यमा नैतिकवान भई सफलतापूर्वक सचांलन गर्नका लागि आवश्यक एकीकृत, एक बैधानिक कार्यसमितिसमेत गठन गर्ने कुरामा हामी बचन बद्धता भएर देशभरका बिभिन्न समाजमा अध्यक्ष, महासचिवलगायत बिभिन्न समाजका आधिकारिक प्रतिनिधिहरु आज यस महत्वपूर्ण रुपमा भेला भएका छौं ।
इटहरी, झापा, मोरङ, काभ्रे, कास्की, काठमाडौं वा अन्य कुनै जिल्लामा गठन भई केन्द्रीय वा कुनै रुपमा संचालनमा रहेका आचार्यहरुका संस्थाहरुको एउटै छाताबाट काम गर्न सहज होस् भन्ने हेतुले दशक वा त्यो भन्दा धेरै अगाडीदेखी नै बिभिन्न बैठक राखी प्रयास गरेपनि बन्धुहरुको ब्यस्तता लगायतका कारण सहज रुपमा एकीकरण गर्न सकिएको थिएन । यसैका बापदुत म आचार्य बन्धु समाज नेपालको अध्यक्षको हैशियतले बिभिन्न जिल्लाका बन्धुहरुसँग बिभिन्न जिल्लामा भएको भेटघाट आज २०८१ साल बैसाख २९ गतेलाई एउटै छातामा बसेर कार्य गर्नका लागि सहमती गरी कार्यान्वयन गर्नका लागि हामीहरु भेला भएका छौं, आदरणीय यहाँहरु सबैलाई स्वागत गर्दै समाजहरुलाई आजबाट जसरीपनि कानूनी, ब्यवहारिक र परम्परागत बाटोलाई आत्मासात गरि एकीकरण गर्ने बाटोमा लान सहमती खोजी अगाडी बढ्ने भगवान पशुपतिनाथले आशिर्वाद दिउन् भन्दै ‘काम बढी, कुरा कम’ गरौं भन्ने नारालाई आत्मासाथ गर्दै बिश्वभरका कौंडिन्य गोत्रीय बन्धुहरुलाई एकजुट गराउन लागि परौं भन्दै सबैलाई पुनः हार्दिक स्वागत गर्न चाहन्छौं । जय कौडिन्य ।

                                       बाबुराम आचार्य
                                  आचार्य बन्धु समाज नेपाल
                                केन्द्रीय कार्यसमिति, काठमाडौं । 
                                   मितिः २०८१ः०१ः२९ गते शनिबार