राजनीति

नेपालको अर्थनीति जनतालाई झुक्याउन भोट माग्ने खाल्को भयोः महामन्त्री थापा

३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको वित्त नीति केवल भोट केन्द्रीत भएको बताएका छन् । उनले, ‘कान्तिपुर इकोनोमिक समिट–२०२४’ को चौथो सत्र ‘अर्थतन्त्र आधारभूत आवश्यकताः राजनीतिक नेतृत्वको सामूहिक प्रतिबद्धता’ कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
महामन्त्री थापाले देशको नीति बृद्धभत्ता बाँडेर जनताको मत तान्ने प्रकारको भएको भन्दै उक्त नीतिलाई दीर्घकालीन रुपमा जनताको उन्नती हुने खाल्को बनाउनेतर्फ लानुपर्ने बताए । नेता थापाको भनाई जनतालाई मत माग्न झुक्याउने खाल्को भन्दा देशको काँचुली फेर्ने खाल्को हुनुपर्ने संकेत थियो ।
उनले नेपाली काँग्रेस प्रतिपक्षमा भएपनि मन्दीर वा टावर बनाउनेमा प्रतिस्पर्धा नगरी पुर्वाधारमा लगानी गर्दा सरकारलाई सधैं साथ दिने पक्षमा रहेको बताए । उनले, ‘ ुहामी सरकारमा भएरनभए पनि अर्थतन्त्रलाई चलायमान बनाउन संशोधन गर्नुपर्ने कानुनहरू सरकारले पहिचान गर्नुपर्छ, त्यसमा ुवार फुटिङ’ रूपमा काम गर्न हामी तयार छौं ।’