स्वास्थ्य

प्रोस्टेटको अप्रेशनका लागि रौतहटका आचार्यलाई ललितपुरमा एबि नेगेटिभ ब्लड तत्काल चाहियो

३१ बैसाख, काठमाडौं । रौतहट चन्द्रपुर ७ निवासी आचार्य बन्धु समाज नेपाल मधेष प्रदेशका उपाध्यक्ष बसन्त आचार्यका काका पुरुसोत्तम आचार्यलाई प्रोष्टेटको अप्रेशनका लागि तुरुन्त एबि नेगेटिभ रगत आवश्यक परेको हुँदा उक्त एबि नेगेटिभ रगत समूह भएका ब्यक्तीहरुले सम्पर्क गर्नुहुन परिवारले आग्रह गरेका छन् ।
७० बर्षका पुरुसोत्तम आचार्यको अप्रेशन किष्ट मेडिकल कलेज ग्वार्को, ललितपुरमा हुने उपाध्यक्ष आचार्यले जानकारी दिएका छन् । रक्तदान गर्न इच्छुकले बसन्त आचार्य–९८४५०६२४१५ र छोरी गंगा आचार्य–९८४८०४५२३७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दुर्लभ एबि नेगेटिभ रगत उपलब्ध भएमा मंगलबार नै अप्रेशन हुने अस्पतालले जनाएको परिवारले जानकारी दिएको छ ।