शिक्षा

स्वागत कार्यक्रममा प्रा‍‍. पोख्रेलले विद्यार्थीलाई भने, ‘विदेश जाने प्रवृति भन्दा देशमा नै केही गरौं भन्ने भावना राख्नुस्’

२ बैसाख, काठमाडौ । त्रिभूवन बिश्वबिद्यालय पत्रकारीता विभाग प्रथम सेमेस्टरलाई तेस्रो सेमेस्टरले स्वागत गरेको छ ।
आज बल्खुस्थीत बिभागमा बिभागीय प्रमुख डा प्रवलराज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रध्यापकहरु डा कुन्दनराज अर्याल, डा देवराज अर्याल, डा जगत नेपाल, निमेश रेग्मी, शसि मराशिनी, तर्था कर्मचारीहरु एकराज कँडेल, कल्पना बर्जाचार्यको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रथम सेमेस्टरका बिद्यार्थीहरुलाई तृतिय सेमेस्टरका बिद्यार्थीहरुले डटपेन र कापी दिएर अभीर लगाउँदै स्वागत गरेका थिए ।
प्रथम सेमेस्टरका तर्फबाट बिद्यार्थी धनवल राईले आफुहरुलाई जिवनभर नविर्सनेगरी स्वागत गरिएकोमा प्रथम सेमेस्टरको तर्फबाट तेस्रो सेमेस्टरका दाई-दिदीहरुलाई धन्यबाद दिँदै स्वागतलाई सहर्ष स्वीकार गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथी विभागीय प्रमुख प्राध्यापक प्रवलराज पोख्रेलले कलेजमा पढ्ने विद्यार्थीले गहन पढ्नका लागि मात्र पढ्ने भन्दा जान्नका लागि पढ्ने संस्कृतिको विकास गर्नुपर्ने बताए । विद्यार्थीले विदेश जाने भन्दा नेपालमा नै केही गर्ने सोच बनाउनुपर्ने भन्दै पत्रकारीताका माद्यमबाट देशमा नै धेरै गर्न सकिने अवस्था रहेको बिश्वास गर्न बिद्यार्थीहरुलाई आग्रह गरे ।
तेस्रो सेमेस्टरका बिद्यार्थी यादव हुमागाईले प्रथम सेमेस्टरका बिद्यार्थीलाई स्वागत गरेका थिए भने निलम थापा मगरले थप प्रकाश पारेका थिए ।
लक्ष्मी राईले संचालन गरेको भब्य कार्यक्रममा बिभिन्न प्रथम तथा तेस्रो सेमेस्टरका बिद्यार्थीहरुले कविता, गीत, गजल प्रश्तुतीका साथै मीठा गीतहरु गाउँदै कार्यक्रमलाइ थप मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्षको भूमिकामा रहेका लेदन राईले आर्थिक संकलन तथा ब्यवस्थापन गरेका थिए भने तेस्रो सेमेस्टरका सम्पूर्ण विद्यार्थीहरुले सबै कार्यका लागि स्वयंमसेवा गरेका थिए । तेस्रो सेमेस्टरका बिद्यार्थीका तर्फबाट कार्यक्रम संयोजक रहेका बाबुराम आचार्यले सबै तेस्रो सेमेस्टरका पत्रकारीता बिभागमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा पहिलो सेमेस्टरमा अधययनरत बिद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम राख्न प्राबिधिक हिसावले ढिला भएको स्वीकार्दै कार्यक्रममा कुनै गल्ती भए्मा प्रमुख अतिथी, अतिथी, प्रथम सेमेस्टरका बिद्यार्थी तथा तेस्रो सेमेस्टरका आयोजक बिद्यार्थीहरुसंग क्षमा दिन आग्र गरे । उनले पत्रकारीताबाट स्वदेशमा नै धेरै काम गर्न सकिने अवस्था भएको हुँदा पत्रकारीतामा गुणस्तर बृद्धि गर्न प्रथम सेमेस्टरका साथीहरुले ध्यान दिनुपर्ने र आगामी दिनमा दुबै सेमेस्टर मिलेर विभागलाई गुणस्तरीयता प्रदान गर्न ध्यान दिन सहकार्य गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै स्वागत गर्न पाउँदा ज्यादै खुशी लागेको बताए । कार्यक्रमका बिभिन्न तस्विरहरु: