राजनीति

प्रदीपको प्रश्नः लाखौँ जनता ठगिएको विषयमा छानबिन गरौँ, गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याऔँ भन्नु के कांँग्रेसको जायज माग होइन र ?

३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभामा आज सत्ता पक्षले देखाएको व्यवहार शोभनीय भएन भन्ने टिप्पणी गरेका छन् ।
उनले ट्वीट गर्दै प्रमुख प्रतिपक्षले लामो समयदेखि सदनमा उठाएको जायज मागलाई सम्बोधन नगरी सत्तापक्ष तथा कुनै दलका नेताको इसारामा सभामुखसमेत अगाडि बढ्नुले हाम्रो संसदीय अभ्यासमाथि प्रश्न उठाउन खोजिएको स्पष्ट हुन्छ भनेका छन् ।
यसले निम्त्याउने चुनौतीप्रति सत्तापक्ष जिम्मेवार र जवाफदेही हुनैपर्छ भनेर चेतावनी दिएका छन् । उनले लाखौँ जनता ठगिएको विषयमा छानबिन गरौँ, गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याऔँ भन्नु के कांँग्रेसको जायज माग होइन र ? प्रश्न गरेका छन् ।

उनको भनाई जस्ताको तस्तैः
प्रतिनिधि सभामा आज सत्ता पक्षले देखाएको व्यवहार शोभनीय भएन ।
प्रमुख प्रतिपक्षले लामो समयदेखि सदनमा उठाएको जायज मागलाई सम्बोधन नगरी सत्तापक्ष तथा कुनै दलका नेताको इसारामा सभामुखसमेत अगाडि बढ्नुले हाम्रो संसदीय अभ्यासमाथि प्रश्न उठाउन खोजिएको स्पष्ट हुन्छ ।
यसले निम्त्याउने चुनौतीप्रति सत्तापक्ष जिम्मेवार र जवाफदेही हुनैपर्छ ।

लाखौँ जनता ठगिएको विषयमा छानबिन गरौँ, गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याऔँ भन्नु के कांँग्रेसको जायज माग होइन र ?