राजनीति

एमालेका कार्यकर्ता र साँसदलाई हेप्नुस्, गाली गर्नुस्, अह्राउनुस्, हामीलाई होईनः महामन्त्री थापा

३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आफुहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ता सोच्नु भ्रम भएको बताएका छन् । आज संसदमा झडपको अवस्था श्रृजना गर्न अध्यक्ष ओलीले नकारात्मक भूमिका खेलेको भन्दै तर्साउन, धम्क्याउन, हेप्न ओलीलाई आफ्नै पार्टीका साँसदलाई बानी परेको हुनसक्ने बताए ।
उनले “एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला, उहाँहरूको सम्बन्ध पनि त्यस्तै होला । तर, नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौँ । तपाईंले हामीलाई अह्राउने होइन ।”
आक्रोशित हुँदै महामन्त्री थापाले सँसदमा अध्यक्ष ओलीले झडपको अवस्था श्रृजना गर्न सभामुख देवराज घिमिरेलाई जसरी पनि संसद सँचालन गर्न भनेको भन्दै ओलीको सोचाई गलत भएको बताए ।