समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी सम्पती बिवरणको पक्षमा उभिएका कारण प्रधानमन्त्री सम्पती बिवरण सार्बजनिक गर्न तयार

४ जेठ, काठमाडौँ । बिहिबार बसेको मन्त्री परिसद्को बैठकले मन्त्रीहरुको सम्पति बिवरण सार्बजानिक गर्ने र्निणय गरेको छ ।
नेपाल सरकारले २० असार २०७५ मा प्रकाशित राजपत्र अनुसार प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायकमन्त्रीले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाउनुपर्छ । यस्तो विवरण २ महिनाभित्र राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्छ । त्यस्तो विवरण सार्वजनिक गर्ने पुरानो अभ्यास हो ।
तर अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र त्यस अघिका केपी शर्मा ओलीको पालामा मन्त्रीहरुको सम्पती बिवरण सार्बजनिक भएको थिएन । तर हाल सरकारका कुनै पनि मन्त्री तथा प्रधानमन्त्री सम्पति बिवरण सार्बजानिक भएको छैन ।
यो भने पटक सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी सम्पती बिवरणको पक्षमा उभिएका कारण प्रधानमन्त्री दहाल सम्पती बिवरण सार्बजनिक गर्न तयार भएका छन् ।